राष्ट्रिय सुरक्षा परिषद बैठक

फागुन २१ को निर्वाचनमा सेना परिचालन गर्न सिफारिस

फागुन २१ को निर्वाचनमा सेना परिचालन गर्न सिफारिस

images
बिहिवार, मंसिर ५ २०८२
  • काठमाडौं । फागुन २१ का लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्ले मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सुरक्षा परिषद्को सिंहदरबारस्थित कार्यालयमा बिहिबार बसेको ४१ औं बैठकले त्यस्तो सिफारिस गरेको हो । 

    बैठक पछि परिषद्का सदस्यसचिव सुमनराज अर्यालले जारी गरेको वक्तब्यमा सेना परिचालनको सिफारिस मन्त्रिपरिषद्लाई गर्ने निर्णय भएको उल्लेख गरेका छन् । ‘२०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा ९१० बमोजिम नेपाली सेनाको परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने समेत निर्णय भयो,’ परिषद्का सदस्यसचिव सुमनराज अर्यालले भने ।

    5841267798220556973566772715538913783437033n-20112025014656-1000x0.jpg

    जेनजी विद्रोहपछि कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बनेको छ । सरकारले संसद विघटन गरेर नयाँ चुनावका लागि फागुन २१ मा चुनावको मिति तोकेको छ । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सेना परिचाल गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको सदस्यसचिव अर्यालले बताए ।

    प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा परिषद्का सदस्यहरु अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिवसहितको बैठक बसेको थियो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend