काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार दिउँसो २:३० बजे सिंहदरबारस्थित परिषद्को सचिवालयमा बस्ने गरी बैठक बोलाएकी हुन् ।
बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हाे । बुधवारदेखि सिमरामा सुरु भएको तनाव अझै साम्य हुन सकेकाे छैन ।
नेकपा (एमाले)को कार्यक्रमका लागि काठमाडौंबाट पार्टीका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारा जान खोजेपछि जेनजी समूहले सिमरा विमानस्थल घेराउ गरेका थिए । विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । त्यसपछि त्यस क्षेत्रमा कर्फ्यु लगाइएकाे थियाे ।
बिहिबारपनि अवस्था सामान्य नभएपछि कर्फ्यु लम्ब्यायएकाे छ ।
.jpg)
