मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

images
बुधवार, मंसिर ४ २०८२
  • धनुषा । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । आज बसेको प्रदेश सभा बैठकको दुई तिहाईले उनलाई पद अनुकुल आचरण नगरेको अभियोगमा पदमुक्त गरेको हो । गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै कांग्रेस, माओवादी, जसपा लगायतका सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । 

    सो प्रस्ताव उपर आज छलफलका लागि उपसभामुख बबिताकुमार राउत ईशरले छलफलका लागि आज प्रदेश सभाको बैठक बोलाएकी थिइन् । बैठकमा नेकपा एमालेका सांसद भने उपस्थित थिएनन । मत विभाजन अगाडीसम्म एक जना एमाले सांसद बैठकमा देखिएपनि मत विभाजनको बेला भने कोही पनि एमाले प्रदेश सांसद मधेस प्रदेश सभामा सहभागी थिएनन । प्रदेश सभामा सभामुख मण्डलविरुद्दको प्रस्ताव पारित हुन ७० सांसदहरुको साथ अनिबार्य थियो । अर्थात मधेस प्रदेशको दुई तिहाई मतका लागि ७० सांसदको आवश्यक थियो । 
    प्रस्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमार राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी हुन् । उनका अनुसार प्रदेश सभा बैठकमा ७८ सांसदको उपस्थित थियो ।

    बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले सो प्रस्ताव छलफलका लागि बैठकमा पेस गरेका थिए । सो उपरको छलफलमा लोसपाका प्रदेश सांसद उपेन्द्र महतो, जसपा नेपालका प्रदेश सांसदहरू मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी प्रदेश सांसदहरू जीवछीदेवी यादव, नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद गणेश पटेल र प्रमोद यादवले आफ्ना धारणा राखेका थिए ।

    सभामुख मण्डलले जसपाका निर्वतमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा विश्वासको मत लिने बेला पदीय आचरण विपरितका काम गरेका थिए । 

     

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend