काठमाडौँ । साताकाे चाैथाेदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से ४.९८ प्रतिशतले घटेर २ हजार ५६१ दशमलव शून्य आठको बिन्दुमा कायम भएको हो ।
बुधबार ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ५० हजार ६२६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ बराबरको कारोबार भएको छ । यसदिन कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा प्रसोधन, सामूहिक लगानी र व्यापार समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् ।
आज सबैभन्दा बढी गुमाउनेमा कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर रहेको छ । यस्तै कारोबार रकमको आधारमा वरुण हाइड्रोपावरको सबैभन्दा बढी करोबार भएको छ । यसदिन कम्पनीकाे रु २७ करोड ४० लाख ४४ हजार ४२१ बराबरको काराेबार भएकाे हाे ।
.jpg)
