काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न आग्रह गरेका छन्।
बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै ओलीले सरकारलाई साे आग्रह गरेका हुन् । उनले प्रसाईंलाई ‘बोलेको आधारमै’ प्रहरीले नियन्त्रणमा लिएको भन्दै यस्तो कार्य मानवअधिकारविपरीत रहेको बताए।
ओलीले भने, ‘दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुपर्छ। बोलेको बापत थुन्नु मानव अधिकारको उल्लंघन हो भनेर मानव अधिकार आयोगले नै भनिसकेको छ। सरकारलाई यस्तो उल्लंघन गर्ने अधिकार छैन।’
.jpg)
