प्रधानमन्त्रीले किन बोलाइन् सर्वदलीय बैठक ?

प्रधानमन्त्रीले किन बोलाइन् सर्वदलीय बैठक ?

images
बुधवार, मंसिर ४ २०८२
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सर्वदलीय बैठक बोलाएकी छिन् । आफु प्रधानमन्त्री भएको ६७ दिनपछि र निर्वाचन आउन १०६ दिन बाँकी रहँदा प्रधानमन्त्री कार्कीले आज अपरान्ह्र सर्वदलीय बैठक बोलाएकी हुन् । 

    यस अगाडी विघिटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल, जेनजी पुस्ताको आन्दोलनमा सहभागी जेनजीहरुसँग एकल र सामुहिक छलफल गराएकी प्रधानमन्त्रीले आज भने निर्वाचन आयोगमा दल दर्ता गराएका सबै राजनीतिक दललाई छलफलमा बोलाएकी हुन् । 

    यस हिसावले आज प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी सहित अहिले नयाँ दल दर्ता गराएको विप्लव नेतृत्वको नेकपा (माओवादी) देखि जेनजीहरुले दर्ता गराएका राजनीतिक पार्टीहरुका नेताहरु समेत सहभागी हुनेछन् । 

    अपरान्ह्र ४ बजे निर्वाचन आयोगमा दल दर्ता गरेका सवै राजनीतिक दलका प्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाइएको छ, प्रधानमन्त्रीको सचिवालयले नेपाल नजरलाई जानकारी दिए । 

    आजको बैठकमा निर्वाचन तयारीका लागि अहिलेसम्म सरकारले गरेका काम कारवाहीका बारेमा पनि जानकारी दिने उदेश्यले सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    प्रधानमन्त्री आफैंले कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रमुख शीर्ष नेताहरुसँग नभेटने र मुखै समेत नहेर्ने अभिब्यक्ति दिईरहँदा र एमाले अध्यक्ष केपी ओलीले सरकारविरुद्द आवाज उठाईरहँदा राजनीतिक दललाई सम्वादमा ल्याउन प्रधानमन्त्रीमाथी दवाव पदै आएको थियो । 
    शीर्ष नेतालाई उनले नबोलाएपनि ती दलका नेतालाई सर्वदलीय बैठकमा बोलाइएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend