काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते हुने भएको छ ।
निर्वाचन आयोगले तोकिएको कार्यतालिकाअनुसार सोही दिन उम्मेदवारले आवश्यक कागजातसहित मनोनयन दर्ता गर्ने निर्णय गरेको हो ।
आयोगले सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा नागरिकलाई निर्वाचन आचारसंहिता पालनासहित निर्धारित स्थानबाटै मनोनयन दर्ता गर्न आह्वान गरेको छ । प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ ।
.jpg)
