तीन महिनामा भित्रियो साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स

तीन महिनामा भित्रियो साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स

images
आइतवार, मंसिर १ २०८२
  • काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको प्रतिवेदनका अनुसार याे अवधीमा विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भइ रु पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो ।

    गत असोज महिनामा मात्र रु दुई खर्ब एक अर्ब २२ करोड विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

    यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु छ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो ।

    पछिल्लो तीन महिना अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४५९ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको राष्ट्र बैंककाे प्रतिवेदनमा उल्लेख छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend