सुमनापछि सन्तोष परियारले पनि छाडे रास्वपा, यस्ताे छ कारण

सुमनापछि सन्तोष परियारले पनि छाडे रास्वपा, यस्ताे छ कारण

images
शुक्रवार, कार्तिक २९ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक रहेका उनले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका हुन् ।

    उनले कार्यवाहक अध्यक्ष डीपी अर्याललाई राजीनामा पत्र बुझाएका छन् । आफूले 'फरक खालको राजनीतिक अभियान'मा सक्रिय हुन राजीनामा दिएको परियारले बताएका छन् ।

    "बदलिँदो परिस्थितिलाई आत्मसात् गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कार्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु," परियारको राजीनामा पत्रमा उल्लेख छ ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि परियार रास्वपाप्रति असन्तुष्ट थिए। यसअघि सुमना श्रेष्ठले पनि रास्वपा परित्याग गरेकी थिइन् ।

    हेर्नुहाेस् उनकाे राजिनामा पत्र

    RSP-1763111461.jpg

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend