काठमाडौं । सरकारले नेपाल प्रहरीको ३३ औं आईजीपीको रुपमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।
अब उनले नेपाल प्रहरीको झण्डै साढे २ वर्ष नेपाल प्रहरीको कमाण्ड सम्हाल्नेछन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एआईजी कार्की आईजीपीको पहिलो दाबेदार थिए ।
प्रहरी नियमावली अनुसार, ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो ।
कार्कीले अब २७ कात्तिकबाट प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
उनी १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरको रुपमा भर्ना भएका थिए ।
.jpg)
