काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादी सहित अन्य ९ वाम दलसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी निर्माण गर्ने, चुनाव चिन्ह्र तारा राख्ने निर्णयमा पुगेपछि जनार्दन शर्माले प्रचण्डको साथ छोडेका छन् ।
झण्डै प्रचण्डसँगको ४० वर्षको सम्वन्धलाई ब्रेक लगाउँदै जनार्दन शर्माले मंगलबारबाट प्रगतिशिल अभियानको घोषणा गरेका छन् । उनले त्यो सँगै नेत्रविक्रम चन्द (विप्लव), घनश्याम भुषाल लगायतसाग मिलेर नयाँ वाम कम्युनिष्ट पार्टी निर्माणको भित्र भित्र तयारी पनि सुरु गरिसकेका छन् ।
प्रचण्डले माधव नेपालसँग एकता गरेर महाधिवेशन गर्न नचाहेको र नेतृत्व हस्तान्तरण नगरी आफै आजीवन नेतृत्वमा बस्न चाहेको आरोप जनार्दनको थियो । प्रचण्डले उनलाई आफुसँग साथमै लान अनेकपटक छलफल गरेपनि शर्माले प्रचण्डसँग अर्काे कुनै मोडमा भेट हुनेभएपनि अहिलेलाई विदा भन्दै छुटिटएका थिए ।
केही समय अगाडीको माओवादी केन्द्रको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माको आ- आफना तीन प्रस्ताव पेश भएका थिए । तर उक्त बैठकमा श्रेष्ठ र शर्माको प्रस्तावमा खास केन्द्रीय नेताहरु खुलेनन । झण्डै ६ सय नेताहरु सहभागी बैठकमा जनार्दनको पक्षमा ३४ जना नेताहरु मात्र खुलेका थिए । श्रेष्ठको पक्षमा २८ जना जति नेताहरु खुलेको माओवादी नेताहरुले त्यसबेला बताएका थिए ।
जनार्दनको पकड मानिएको भनिएको पूर्व र कर्णालीमा समेत उनलाई साथ दिएकै नेताहरुले पछिल्लो पटक साथ नदिएको प्रचण्ड पक्षका नेताहरुले बताएका थिए । तर, जनार्दन पक्षले उपत्यका लगायत कतिपय स्थानबाट केन्द्रीय समितिमा जर्वजस्त मान्छे थप गरेर संख्या मात्र बढी देखाईएको आरोप लगाएका थिए ।
त्यसपछि चर्केको विवादका बीचमा शर्माले प्रचण्डसँगको सम्वन्ध तोडेर प्रगतिशिल अभियान घोषणा गरिसकेका छन् । उनलाई अहिले माओवादीका सचिव समेत रहेका राम कार्की, स्थायी समिति सदस्य अन्जना विसंखेले साथ दिएको देखिएको छ ।
मंगलबार कार्की र विसंखेलाई दायाँबायाँ राखेर शर्माले मंगलबार पत्रकार सम्मेलन गरेका थिए । उनलाई कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट), पूर्व मन्त्री सुदन किराँती, ओमप्रकाश पुन लगायतका नेताहरुले साथ दिने देखिएका छन् ।
अन्य केही केन्द्रीय सदस्यहरुले पनि शर्मालाई साथ दिने बताइएको छ । तर उनीहरुको पहिचान खुलिसकेको छैन । पूर्वमा उनलाई विगतमा साथ दिएका इन्द्र आङबो (मौसम),हर्कवहादुर नेम्वाङ (मिक्सो) कर्णालीमा गोपाल शर्मा (अनल), विमला केसी, सचिन रोका लगायतले पनि शर्मालाई साथ दिएका छैनन ।
शर्मा पक्षहरुले विप्लव र घनश्यामसहित नेपालमा बैकल्पिक तेस्रो वामधार बनाउने बताएका छन् । उनीहरुले ओली, प्रचण्ड र माधव नेपालको विकल्पमा नयाँ नेता जन्माउने गरी पार्टी बनाउने भनेका छन् । जसकाकारण शर्माप्रति अहिले नै कति लाग्छन् भन्ने खुलिसकेको भने छैन ।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका ९ वाम दलले भोलि एकता घोषणा गरेपछि मात्र को कता ? भन्ने खुल्ने शर्मा पक्षका नेताहरुले बताएका छन् ।
विधार्थी पुस्तामा भने जनार्दन शर्मा (प्रभाकर)को पक्षमा लाग्ने नेता कार्यकर्ता देखिएका छन् । माओवादीमा सँगै रहेका पहलिो, दोस्रो र तेस्रो पुस्ताका नेताहरु खास प्रभाकरसँग नदेखिएपनि चौथो पुस्तामा भने उनको पक्षमा खुल्नेहरु पनि देखिन थालेका छन् । तेस्रो पुस्तामा पनि उनले माओवादीभित्रै रहेर प्रचण्डसँगको संर्घषमा उठएका एजेण्डामा साथ दिन तयार देखिएपनि पार्टी नै छोड्ने वा अलग भएर नयाँ अभियान घोषणा गर्ने उनको नीतिसँग भने धेरैले सहमति जनाएका छैनन ।
उनले आफनो मत असहमतिका बुँदा फरक मतका रुपमा राखेर अहिले एकता प्रक्रियामै जनार्दन भएका भए त्यहीभित्र उनले आफनो समर्थक बढी पाउने तर छुटिदा विगतमा साथ दिएकाले पनि उनको साथ छोडिदिएको देखिएको माओवादी नेताहरु नै बताउँछन् ।
उनी कठिन बाटोमा हिड्न लागेका छन् । अव उनको अभियान, उदेश्य कति सार्थक हुन्छ, उनलाई कतिले साथ देलान्, त्यो भने आगामी दिनका देखिदै जानेछ ।
.jpg)
