एमाले बैठकमा बहुविवाहको कुरा उठेपछि पक्राउ परे पासाङ शेर्पा

एमाले बैठकमा बहुविवाहको कुरा उठेपछि पक्राउ परे पासाङ शेर्पा

योगेश भट्टराईले पार्टीमा निलम्बनको प्रस्ताव राख्दा ओलीले गरेका थिए अश्वीकार, ओली र भट्टराईका बीचमै परेको थियो नोकझोक

images
मंगलवार, कार्तिक १९ २०८२
  • काठमाडौं । बुहविवाह आरोपमा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । उनी मंगलबार साँझ धुम्बराहीबाट पक्राउ परेका हुन् । २०७९ साल चैत २३ मा उनीविरुद्द काठमाडौं जिल्ला अदालतले बुहविवाहसम्वन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवानाको फैसला सुनाएको थियो । 
    तर उनले जिल्ला अदालतको फैसल्ला विरुद्द उच्च अदालतमा पूनरावेदन दिए । तर उच्च अदालतले पनि २०८१ असोज ६ मा जिल्ला अदालतको फैसलालाई सदर गरिदिएको थियो । 


    त्यसपछि उनलाई पक्राउ गर्ने बाटो प्रहरीलाई खुलेको थियो । तर विभिन्न्न राजनीतिक दल चाहारेर फेरि पूरानै घर एमाले फर्किएका उनलाई प्रहरीले पक्राउ गर्न सकेन । कारण थियो, उनी तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र ।  ओली कांग्रेसको साहारामा २०८१ असारमा प्रधानमन्त्री नियुक्त भएपछि उनलाई अदालतको फैसलाले छुन सकेन । प्रहरीले उनलाई देखे नदेखेझै उन्मुक्ति दिँदै आएको थियो । 

    जेनजी विद्रोहपछि सुशीला कार्की नेतृत्वमा नयाँ सरकार बन्यो । कार्की नेतृत्वको सरकार र प्रहरीले पनि यो घटनालाई करिव विर्सेजस्तो गरिरहेको थियो । तर, एमाले बैठकमै उनलाई पार्टीले निलम्बन नगरेको भन्दै प्रश्न उठेपछि उनको मुद्दाको फैसला कार्यान्वयनको विषय सञ्चारमाध्यममा आयो । त्यसपछि सरकारलाई पासाङ शेर्पालाई पक्राउ गर्ने बाटो खुलेको हो । 

    गत कात्तिक १५ गते शनिबार एमाले अध्यक्ष केपी ओलीको निवास भक्तपुर गुन्डुमा बसेको एमाले सचिवालय बैठकमा शेर्पाको बहुविवाहको प्रसंग मात्र उठेन, उनलाई अदालतले फौजदारी अभियोगमा कैद सजायाँ तोकेको भन्दै पार्टीले निलम्बन गर्नुपर्ने आवाज उठ्यो । सचिव योगेश भट्टराईले उनलाई पार्टीले निलम्बन गर्नुपर्ने विषय बैठकमा उठाएका थिए ।

    योगेशले पूर्वमा आफ्नो राजनीतिमा शेर्पाले तगारो हाल्न सक्ने ठानेर उनी यही मौकामा शेर्पालाई निलम्बन गराउन चाहान्थे । त्यही रुपमा उनले पार्टी बैठकमा शेर्पाको बारेमा विषय उठान गरेका थिए । 


    पार्टीभित्र सांस्कृतिक शुद्धीकरणको कुरा उठेपनि कार्यान्वयन नहुने प्रवृत्ति रहेको पृष्ठभूमि सहित योगेशले शनिबार (कात्तिक १५, २०८२ ) को एमाले सचिवालय बैठकमा पासाङ शेर्पालाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

    ‘शुद्धीकरणको कार्बाही गरिनुपर्नेलाई टिकट दिइन्छ, तपाईंको (ओली) दायाँबायाँ उभिएर फोटो हाल्नेहरूले अरुलाई धम्क्याउछन्,’ सचिव भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई इंगित गदै उक्त दिनको बैठकमा भनेका थिए, ‘जबकि टोपबहादुर रायमाझी निलम्बित हुनुहुन्छ, माइन्यूटमा नाम लेखेर कैफियतमा निलम्बन लेख्छौं । अदालतले फौजदारी अभियोगमा दोषी ठहर गरी कैद सजायाँ सुनाएकालाई हामी निलम्बन गदैनौ । पार्टीले नेता विशेषलाई हेर्ने दोहोरो मापदण्ड हुन्छ र ?’ 

    योगेशले शेर्पाका बारेमा बैठकमा कुरा उठाएपछि अध्यक्ष ओली र भट्टराईका बीचमा नोकझोक नै चलेको थियो । तर ओलीले बहुविवाह सुवास नेम्वाङले पनि गरेको, मुद्दा आफुलाई पनि विगतमा लागेको जस्ता प्रसंग उठाएर शेर्पामाथी कारवाही गर्नुपर्ने प्रस्तावलाई सामान्यीकरण गदै अश्वीकार गरेका थिए । 

    त्यसपछि यो समाचार सार्वजनिक रुपमा बाहिर सञ्चारमाध्यममा सार्वजनिक भयो । एमाले बैठकमा शेर्पाको विषयलाई लिएर ओली र योगेशका बीचमा नोकझोक चलेको सार्वजनिक भयो । त्यसपछि गृहमन्त्री ओमप्रकाश अर्यालले यस बारेमा भएको के हो ? भनी जिज्ञासा राख्न थाले । 


    त्यसपछि शेर्पालाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गर्न निर्देशन दिए । त्यस आधारमा उनी मंगलबार साँझ धुम्बराहीबाट पक्राउ परेका हुन् । ओलीले जोगाउन खोज्दा ओज्दै पनि उनी पक्राउ परेका हुन् । 


    शेर्पाकी श्रीमती करिश्मा खरेलले शेर्पा र उनकी अर्की श्रीमती पूजा परियारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेपछि अदालते उनलाई १ वर्ष कैद र ५ हजार जरिवानाको फैसला गरेको थियो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend