सडकमै कुहिन थाले काठमाडौंको फोहोर, सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोध

सडकमै कुहिन थाले काठमाडौंको फोहोर, सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोध

images
शनिवार, कार्तिक १६ २०८२
  • काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर फालिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका स्थानीयको अवरोधपछि फोहोर उठ्न सकेको छैन । केही दिन देखि उनीहरुले काठमाडौं उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिल्ड साइटमा विसर्जन गर्न दिएका छैनन । 

    फोहोर फाल्न नपाएपछि काठमाडौं महानगरपालिकाको स्थानीयहरुसँग घरभित्रै फोहोर राख्न र सडकमा जथाभावी फोहोर नफाल्न आग्रह गरेको छ । सिसडोलवासीहरुसँग छलफलको त्रम जारी रहेकोले समस्या समाधान नहुँदासम्म फोहोर सडकमा नल्याउन महानगरपालिकाले काठमाडौंबासीहरुसँग आग्रह गरेको हो । 

    यधपी समस्या समाधान खोज्न सहरी विकास मन्त्रालयमा बसेको बैठकले निश्कर्ष निकाल्न सकिरहेको छैन । 

    स्थानीयले अवरोध गरेपछि सिसडोलतर्फ फोहोर बोकेर गएका गाडी रोकिएका छन् । यसअघि ०७९ मा सरकार र स्थानीयवासीबीच भएको १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले आक्रोश पोख्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।


    स्थानीयले यस विषयमा मन्त्रीलाई भेट्न खोजे पनि सहरी विकास मन्त्री कुलमान घिसिङलाई भेट्न नपाएको भन्दै गुनासो गरेका छन्। यता मन्त्रालयले भने यस विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग सम्पर्क गर्न खोजे पनि समन्वय नभएको स्थानीयहरुले बताईरहेका छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend