प्रधानमन्त्रीले बोलाइन् सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

प्रधानमन्त्रीले बोलाइन् सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

images
शनिवार, कार्तिक १६ २०८२
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक बोलाएकी सिछन् ।

    जनेजी विद्रोहपछि प्रधानमन्त्री नियुक्त भएर संसद विघटन गरी फागुन २१मा चुनावको तयारीमा लागेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक बोलाएकी हुन् । 
    बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।


    बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनाल, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहने छ ।

    प्रधानमन्त्रीको सचिवालयले मुख्यमन्त्रीसँग सरकार र प्रदेश सरकारका बीचमा संवाद गर्न र सहकार्य थप सघन बनाउन बैठक आह्रवान गरेकी हुन् । 
    उनको सचिवालयले सातै प्रदेशका मुख्यमन्त्रीलाई भोली दिउँसो ४ बजेसम्म छलफलमा सहभागी हुन काठमाडौं आउन प्रधानमन्त्रीको निर्देशनसहितको सूचना पठाईसकेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend