एमालेको महाधिवेशनस्थल अब काठमाडौंमै हुने, जनपरिचालनका कार्यक्रम तय

एमालेको महाधिवेशनस्थल अब काठमाडौंमै हुने, जनपरिचालनका कार्यक्रम तय

कात्तिक २२ मा देशैभरका वडामा जनभेला, कात्तिक २५ मा पालिका र २९ गते जिल्लामा जनप्रर्दशन गदैं मंसिर ६ मा काठमाडौं वृहत सभा आयोजना गर्ने

images
शनिवार, कार्तिक १६ २०८२
  • काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशन अब काठमाडौंमा गर्ने निर्णय गरेको छ । मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले शनिबारको पार्टी सचिवालय बैठकबाट महाधिवेशनस्थल परिवर्तन गरी काठमाडौंमा गर्ने निर्णय लिएको हो । 


    शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

    ‘पार्टीको एघारौं महाधिवेशन हामीले दशौं केन्द्रीय कमिटीको बैठकबाट मंसिर २७ देखि २९ सम्म गर्ने निर्णय गरेका थियौं । महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब पोखराको सट्टामा काठमाडौंमा गर्ने भन्ने निर्णय भएको छ,’ ज्ञवालीले भने । 

    त्यस्तै एमालेले वडा तहबाट अव जनपरिचालनको कार्यक्रम पनि तय गरेको छ । वडाबाटै जनपरिचालनका का मगदै मंसिर ६ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने निर्णय उसले लिएको छ । 

    एमाले केन्द्रीय समिति बैठकले संसद पूर्नस्थापनाका लागि जनपरिचालनका कार्यक्रम गर्ने निर्णय गरेको थियो । यधपी कार्यक्रम तय गरेको थिएन । शनिबारको सचिवालय बैठकले वडा देखि नै जनपरिचालनका कार्यक्रम गदैं मंसिर ६ गते काठमाडौंमा वृहत जनसभा गर्ने निर्णय लिएको हो ।


    उपमहासचिव ज्ञवालीका अनुसार, देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ । त्यस्तै, देशभरका पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।


    ज्ञवालीले दिएको जानकारी अनुसार, कात्तिक २९ गते जिल्ला तहमा जनसभा आयोजना गर्ने पनि निर्णय भएको छ ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend