आज भाइटीका , उत्तम साइत ११ः३९ बजे

आज भाइटीका , उत्तम साइत ११ः३९ बजे

images
नेपाल नजर
बिहिवार, कार्तिक ७ २०८२
  • काठमाडौँ  । आज तिहारको मुख्य दिन भाईटीका । दाजुभाईलाई दिदी बहिनीले टीका लगाईदिएर मनाउने हिन्दुहरुको दोस्रो ठूलो चाड ।  यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक देवमणि भट्टराईका अनुसार, आज  मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो ।

    यस वर्ष शनिबार धन त्रयोदशी र धनतेरस परेको थियो भने आइतबार काग तिहार मनाइयो । सोमबार भने बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइएको छ ।
    मंगलबार गाई तिहार र बुधबार गोरु पूजा गरेर मनाइएको छ । 
    आज भाईटीका गरेर यो वर्षको तिहार विधिबत् अन्त्य हुनेछ । आज विहान ११ बजेर ३९ मिनेटमा साइत भएपनि दिनभर टीका लगाउन पनि हुनेछ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend