यस्तो छ एमाले बैठकमा ओलीले पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ एमाले बैठकमा ओलीले पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

भदौ २३ को घटनामा घुसपैठ, २४ गते नेपाल राष्ट्रलाई नै समाप्त पार्ने र भूराजनीतिक भूँवरीमा पार्ने षड्यन्त्र गरिएको ओलीको संश्लेषण

images
नेपाल नजर
बुधवार, आश्विन २९ २०८२
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जनेजी पुस्ताको आन्दोलनका बारेमा पार्टी केन्द्रीय समिति बैठकमा १५ बुँदे संश्लेषण गरेका छन् । 


    प्रधानमन्त्री समेत रहेका ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट राजीनामा दिएर नेपाली सेनाको हेलिकप्टरबाट भाग्नुपर्ने गरी भएको त्यसदिनको आन्दोलनलाई ओलीले कसरी चित्रित गर्छन् भन्ने आम मानिसमा चासो छ । आफनो पार्टी केन्द्रीय समिति बैठकमा त्यस घट्ना केन्द्रीत रहेर राखेको लिखित प्रतिवेदनमा ओलीले भदौ २३ को घटनामा घुसपैठ भएको र २४ गते नेपाल राष्ट्रलाई नै समाप्त पार्ने र भूराजनीतिक भूँवरीमा पार्ने षड्यन्त्र भएको संश्लेषण गरेका छन् ।


    ‘संसद भवनमाथि आक्रमण, गोलीप्रहार र हत्या भदौ २३ गते माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न अपरिचित, शङ्कास्पद र हिंसक समूहहरू घुसपैठ गरेर निषेधित क्षेत्र तोड्न, जेन जी युवाहरूलाई घेरेर संसद भवन घेर्न, पर्खाल भत्काउन, भित्र पस्न र मुठभेडको स्थिति सिर्जना गरिएको स्थानमा पुयाइएको र त्यसो गर्न भड्काइएको यथार्थ विभिन्न तथ्यहरू मार्फत् बाहिर आइसकेको त्यस्तो स्थिति कसरी सिर्जना भयो ?’ ओलीले पार्टीमा राखेको १५ बुँदे प्रतिवेदनमा अगाडी भनिएको छ ‘सम्भाव्य घुसपैठको आङ्कलन गरेर आवश्यक सुरक्षा सतर्कता किन अपनाइएन र किन गोली चल्ने परिस्थिति निर्माण भयो ?यो सुरक्षा त्रुटि मात्रै थियो कि त्यसमा अरू स्वार्थहरू पनि अन्तरनिहित थिए ? त्यति ठूलो सङ्ख्यामा विद्यार्थी र युवाहरूको हत्या किन र कसरी भयो ? यस घटनाको यथार्थ छानबिन गर्नु र दोषीलाई कानुन बमोजिम दण्डित गर्नु जरुरी छ ।’


    ओलीले प्रतिवेदनमा भदौ २४ को त्रासदीपूर्ण घटनाका बारेमा पनि संश्लेषण गरेका छन् । ‘भदौ २४ गते देशव्यापी रूपमा जुन स्वरूपको तोडफोड, आगजनी र लुटपाटको आतङ्क सिर्जना भयो, त्यो कुनै स्वतःस्फूर्त, अघिल्लो दिनको घटनाको आक्रोशको परिणाम या सामान्य घटना थिएन । यो त लामो तयारी सहितको, सुनियोजित र राष्ट्र, जनता, लोकतन्त्र र संविधान विरुद्धको भयानक षडयन्त्र र आक्रमण थियो ।’ ओलीले आफ्नो प्रतिवेदनमा अगाडी भनेका छन्,‘वास्तवमा यो घटना विभिन्न शक्ति राष्ट्रहरूले शीतयुद्धपछि विभिन्न मुलुकमा गर्दै आएको तथाकथित ‘कलर रिभोल्युसन’ कै अभ्यासको निरन्तरता थियो । यसको उद्देश्य सरकार परिवर्तन गर्ने मात्र थिएन, मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानलाई ने समाप्त पारेर मुलुकलाई भूराजनीतिक भूमरीमा फसाउने, मुलुकको अर्थतन्त्रको मेरुदण्ड भाँच्ने र देशलाई अस्थिरता र अराजकतातिर धकेल्ने थियो ।’

    ओलीले अब पार्टीको आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव पनि गरेका छन् । केन्द्रीय कमिटी बैठकमा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने गरी प्रस्ताव गरेका हुन् ।

    हेर्नुहोस् ओलीको प्रतिवेदनको पूर्ण पाठ

    oli_1.jpg
    oli_2.jpg
    oli_3.jpg
    oli_4.jpg
    oli_5.jpg
    oli_6.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend