ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुनसक्छ : प्रचण्ड

ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुनसक्छ : प्रचण्ड

images
बुधवार, आश्विन २९ २०८२
  • धादिङबेसी । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले नेतृत्व छोडेर त्याग गर्ने हो भने एमालेसँगसमेत एकता हुन सक्ने बताएका छन् । 

    एमालेसँगको सम्भावित एकता बारे बोल्दै प्रचण्डले आगामी चुनावलाई पार्टीको मुख्य एजेण्डा भएको बताउँदै त्यस्तो बताएका हुन् । धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै उनले तिहारपछि समाजवादी मोर्चामा रहेका पार्टीहरुसँग एकता हुन लागेको औल्याएका थिए । त्यही क्रममा एमालेसँगको एकताका बारेमा पनि उनले बोलेका हुन् ।

    'केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ,' प्रचण्डले भने ।
    आगामी चुनावलाई पार्टीले प्रमुख एजेन्डा बनाईसकेको प्रचण्डको भनाई थियो ।  

    'अबको माओवादीको लाइन भनेको चुनाव हो,' प्रचण्डले भने । 

    कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए। 

    'अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ। युवाहरूले माओवादी सही रहेछ भन्ने भुझ्नु भएको छ', उनले भने। 
     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend