काठमाडौं । इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट हमासको अपहरणमा परेका नेपाली नागरिक बिपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको बताएको छ । उक्त भिडियो बुधबार साँझ सार्वजनिक गरिने भएको जोशी परिवारले पुष्टि गरेको भन्दै जेरुसेलम पोस्टले जनाएको छ ।
‘होस्टेज फ्यामिली फोरम’का अनुसार जोशीको भिडियो इजरायली गुप्तचर युनिटहरूले प्राप्त गरेको हो र बुधबार साँझ सार्वजनिक गरिनेछ। जोशी परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गाजाबाट प्राप्त जीवनको प्रमाण ९एचयया या षिभ० हामी तपाईंहरूसँग बाँड्दैछौं, जसले हामीलाई उनी जीवित रहेको दृढ विश्वास दिएको छ।”
बिपिन जोशी सन् २०२३ अक्टोबर ७ मा भएको हामासको आक्रमण (किबुत्ज आलुमिम हत्याकाण्ड)अघि मात्र तीन साताअघि कृषि शिक्षा कार्यक्रमका लागि इजरायल पुगेका थिए। उनी अन्य केही नेपाली नागरिकहरूसँगै किबुत्ज आलुमिम (Kibbutz Alumim) बाट अपहरणमा परेका थिए।
वाल स्ट्रिट जर्नलको नोभेम्बर २०२३ को रिपोर्टअनुसार, जोशीले आक्रमणको समयमा आफू लुकेर बसेको कोठामा दुईवटा ग्रिनेड प्रवेश गर्दा ती मध्ये एउटा फ्याँकेर बाहिर पठाउन सफल भएका थिए। दोस्रो ग्रिनेड भने विस्फोट हुँदा उनका पाँच साथीहरू गम्भीर घाइते भएका थिए।
जोशीलाई हामासले गाजामा अपहरण गरी लगेको र केही समय शिफा अस्पताल (Shifa Hospital) मा राखिएको बताइन्छ। उनको जीवनको प्रमाणका रूपमा अस्पतालमा भएको एउटा भिडियोबाहेक विगतमा अन्य कुनै स्पष्ट जानकारी प्राप्त भएको थिएन।
सन् २०२४ नोभेम्बर १३ मा यरुशलममा अपहरणमा परेकाहरूको समर्थनमा आयोजित प्रदर्शन शिविरमा नेपाली नागरिक बिपिन जोशीको पोस्टर पनि प्रदर्शन गरिएको थियो।
यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बिपिन जोशीको अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए। तर इजरायलस्थित नेपाली दूतावासले यसबारे ट्रम्पको अभिव्यक्तिअघि आफूहरूलाई कुनै जानकारी नपाएको बताएको थियो।
बिपिन जोशीको घर नेपालको सुदूरपश्चिम प्रदेशको बिसपुरी, महेन्द्रनगर गाउँमा पर्छ, जहाँ उनका परिवार हाल पनि बसोबास गर्छन्। उनी आफ्नो परिवारको समर्थनमा इजरायल पुगेका थिए, जहाँ नेपालीहरू मुख्यतया हेरचाह (caregiver) र कृषि क्षेत्रका कामका लागि जान्छन्।
नेपाल र इजरायलबीचको सरकारी समझदारी Government-to-Government Agreement) अन्तर्गत उनी कृषि कार्यका लागि पठाइएका थिए। धेरै नेपालीहरू उच्च पारिश्रमिक, स्थायी रोजगारी, र विदेशी कामदारप्रति इजरायली समाजको स्वीकृतिका कारण इजरायललाई रोजाइको गन्तव्य बनाइरहेका छन्।
.jpg)
