दलहरूसँग औपचारिक छलफल गर्न प्रधानमन्त्री कार्कीलाई राष्ट्रपतिको आग्रह

दलहरूसँग औपचारिक छलफल गर्न प्रधानमन्त्री कार्कीलाई राष्ट्रपतिको आग्रह

images
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौं । फागुन २१ मा चुनावको मिति तोकेको अन्तरिम सरकारले दलहरुसँग अझै औपचारिक/अनौपचारिक छलफल समेत नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल सर्वपक्षिय सम्वाद थाल्न दवाव बढाउन थालेका छन् । 


    प्रधानमन्त्री कार्कीले दलहरुसँग सम्वाद नथाल्दा राजनीतिक दलहरुले राष्ट्रपति पौडेललाई आफैं समन्वयकारी भूमिका खेली सर्वपक्षिय बैठक बोलाउन आग्रह गर्न थालेपछि पौडेलले भने प्रधानमन्त्री कार्कीलाई छलफलका लागि दवाव बढाउन थालेका हुन् । 


    यस्तो छलफल बोलाउने, निर्वाचनको वातावरण बनाउने काम सरकारको हो । प्रधानमन्त्रीले त्यस किसिमको अग्रसरता देखाउनुपर्छ भन्दै राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीमाथी दवाव बढाउन थालेका हुन् । सरकार र निर्वाचन आयोगले तयारी अघि बढाए पनि राजनीतिक दलहरूसँग औपचारिक संवाद नहुँदा निर्वाचनको वातावरण बनाउन चुनौती देखिएपछि पौडेलले आफ्नो तर्फबाट अनौपचारिक संवाद पनि अगाडी बढाएका छन् । 
    चुनावका लागि राजनीतिक वातावरण बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीमध्ये कसले सर्वपक्षीय बैठक बोलाउने भन्ने विषयमा अन्योल बढेको बेला पौडेलले प्रधानमन्त्री कार्कीले बोलाउनु पर्ने बताईरहेका छन् । 

    कांग्रेस, एमाले, माओवादीलगायत राजनीतिक दलले चुनावका लागि सर्वपक्षीय सहमति जुटाउन राष्ट्रपति पौडेलसँग अपेक्षा राखेका छन् । राष्ट्रपति पौडेल भने कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले यस्तो पहलकदमी लिनुपर्ने पक्षमा छन् ।

    यता प्रधानमन्त्री कार्कीमाथि आन्दोलनको भावनाविपरीत अघि नबढ्न दबाब छ । खासगरी जेन जी पुस्ताको नेतृत्व गरिरहेको एउटा समुह सुधन गुरुङ समुहले दलहरुसँग सम्वाद गर्ने वातावरण निर्माण गर्न नदिन प्रधानमन्त्री कार्कीलाई दवाव दिईरहेको देखिन्छ । सुदन समहको दवाव र आन्दोलनले ‘तिरस्कार’ गरीसकेका नेता नै सरकारले बोलाएको सर्वपक्षीय बैठकमा उपस्थित भइदिँदा झनै वातावरण बिग्रने हो कि भन्नेमा सरकार सशंकित देखिन्छ ।

    यही द्विविधाबीच राष्ट्रपति पौडेलले औपचारिक आह्वान नगरे पनि समयमै निर्वाचन सम्पन्न गर्न उनले राजनीतिक दलका नेतासँग अनौपचारिक संवाद तीव्र पारेका छन् । उनले कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्री कार्कीलाई दलहरूसँग औपचारिक छलफल अघि बढाउन आग्रह गरेका छन् ।

    निर्वाचनको वातावरण राजनीतिक दलहरूबाटै हुने भएकाले उनीहरूलाई बहिष्कार वा तिरस्कार नगरी सहमति कायम गर्नुपर्नेमा राष्ट्रपतिबाट सरोकारवाला पक्षको ध्यानाकर्षण भइरहेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए । राष्ट्रपति पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक दोस्रो र तेस्रो पुस्ताका नेतासँग अनौपचारिक संवादमार्फत चुनावी वातावरण बनाउन सहजीकरण गरेको शीतल निवास स्रोतको भनाइ छ ।

    भेटमा कांग्रेस, एमाले र माओवादीका नेताहरूले राष्ट्रपतिबाटै सर्वदलीय बैठकको अपेक्षा रहेको स्झुावसमेत दिने गरेको शीतल निवास स्रोतले बतायो । राजनीतिक दलभित्र संसद् विघटन, अन्तरिम सरकार गठन र चुनावी घोषणालाई कसरी लिने भन्ने वैचारिक दृष्टिकोणमा प्रस्टता नहुँदा अलमल लम्बिँदै गएको कांग्रेसका एक नेताको भनाइ छ ।

    जेन जी आन्दोलनले कांग्रेस एमाले लगायत दलका प्रमुख नेताहरु शेरवहादुर देउवा, केपी ओली लगायत नेताहरुलाई अश्वीकृत गरेका छन् । उनीहरुलाई यो आन्दोलनले राजनीतिबाटै विस्थापित गर्न खोजेको छ । दलहरुमा तीनै नेताहरु अहिले पनि नेतृत्वमा छन् । उनीहरुको आदेश र निर्णय विना ती दलहरुले कुनै नयाँ निर्णय लिन सक्दैनन । यस्तो अवस्थामा राजनीतिक दलका तिनै नेताहरुसँग सम्वादमा बस्दा जेनजीकै तारोमा परिने भयमा कार्की नेतृत्वका सरकार र सरकारका मन्त्रीहरु छन् । जसकाकारण पनि उनीहरु कांग्रेस, एमाले, माओवादी, रास्वपा लगायतका दलका नेताहरुसँग सम्वादमा बस्न आँट गरिहालेका छैनन ।
    सम्वाद गर्दा जेन जी समुह भड्किने र उनीहरुको आन्दोलनको बलमा बसेको सरकारलाई पनि उनीहरुले हेर्ने दृष्टिकोण ओली देउवाले चलाएको सरकारकै जस्तो हुने ठानी आक्रोशित हुने देखेपछि पनि सरकारले दलहरुसँग सम्वाद गर्न हिचकिचाईरहेको छ ।

    अर्को दलका दोस्रो या तेस्रो पुस्ताका नेताहरुसँग पनि उनीहरुले भेट्ने , सम्वाद गर्ने हिम्मत देखाएका छैनन । कारण ती राजनीतिक दलहरुमा शीर्ष नेतालाई चुनौति दिईहाल्ने स्थिती अझै कुनै दलमा देखिएको छैन । खासगरी लोकतन्त्र, संविधानभन्दा पनि जेन जी पुष्स्ताको एउटा समुहले बुढा नेताहरु, भष्ट नेताहरुको भास्य निर्माण गर्न खोजिरहेका छन् । यस्तो बेला पूराना दलहरुसँगै फेरि सम्वादमा बस्दा पूरानै राजनीतिक पार्टीहरुलाई बैधता दिएको अर्थ लाग्ने देखेर पनि कार्की नेतृत्वको सरकारले दलहरुसँग सम्वाद गर्न डराईरहेको देखिएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend