देशभर बाढीपहिरोको वितण्डा : ५२ जनाको मृत्यु, ७ वेपत्ता (नामावलीसहित)

देशभर बाढीपहिरोको वितण्डा : ५२ जनाको मृत्यु, ७ वेपत्ता (नामावलीसहित)

images
सोमवार, आश्विन २० २०८२
  • काठमाडौं । शुक्रबार राती देखि नै परेको अविरल वर्षाले निम्त्याएको वितण्डाले देशभर ५२ जनाको निधन भएको छ । ७ जना वेपत्ता भएका छन् । कयौं घाइते भएका छन् । मानिसहरुका घरबार समेत बाढी पहिरोले बगाएको छ । बाढीपहिरोको र मनवीय क्षतिको थप विवरणहरु क्रमशः आईरहेका छन् ।  सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, शुक्रबार र शनिबारको वर्षापछि अहिलेसम्म (सोमबार बिहान १० बजेसम्म) ५२ जनाको मृत्यु, ७ जना बेपत्ता भएको तथ्यांक छ ।

    कोशी प्रदेशमा मात्रै सबैभन्दा बढी ४९ जनाको ज्यान गएको छ । कोशीको इलाममा मात्रै ३७ को निधन भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । एकजना बेपत्ता छन् । २० जना घाइते भएका छन् । देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा आठ–आठजना, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ६–६ जना, सूर्योदय नगरपालिकामा पाँचजना, माङसेबुङ गाउँपालिकामा तीनजना र फाकफोकथुम गाउँपालिकामा एकजना गरी ३७ जनाले ज्यान गुमाएको प्रजिअ नेपालले बताइन् ।


    पाँचथरमा ८, उदयपुरमा २ र खोटाङमा २ जनाको मृत्यु भएको छ । बाँकी मृतकमा रौतहटमा ३ र काभ्रेमा १ जना छन् । बेपत्ता भएकाहरूमा बारामा १, रसुवामा ४, इलाममा १ र काठमाडौंमा १ जना रहेका छन् । 


    इलाममा मात्रै ३७ जनाको निधन भएपछि गृहमन्त्री ओमप्रकाश अर्याल र भौतिक पूर्वाधार, सहरी तथा उर्जामन्त्री कुलमान घिसिङ आजै त्यस क्षेत्रको वस्तुस्थितीको बारेमा जानकारी लिन त्यसतर्फ जान लागेका छन् । अघिल्लो केपी ओली नेतृत्वको सरकारले भन्दा केही सम्वेदनशीलता देखाई उद्दार तथा राहतको कार्यक्रममा लागेको सरकारले कोशीको वस्तुस्थितीका बारेमा जानकारी लिने र आवश्यक निर्देशन गर्ने गरी दुई मन्त्रीलाई घटनास्थलमै पठाउन लागेको हो । 

    बाडी पहिरोबाट क्षतिको विवरण थप बढ्न सक्ने बताइएको छ । अहिलेसम्मको विवरण भने शसस्त्र प्रहरीले सार्वजनिक गरेको छ । 


    हेर्नुहोस् मृतक र वेपत्ताको सूची

    badi_1_dL0BKAsy9n.jpg

    badi_2_nyEBjvxvfV.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend