१५ वर्षीया बालिका बलात्कृत, एक पुरुष पक्राउ

१५ वर्षीया बालिका बलात्कृत, एक पुरुष पक्राउ

images
मंगलवार, श्रावण १ २०८१
  • भक्तपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

    सिन्धुली गोलन्जोर गाउँपालिका-५ घर भई चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ३८ वर्षीय नवराज श्रेष्ठ पक्राउ परेका हुन्।

    उनलाई प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो।

    श्रेष्ठले बालिकालाई कमलबिनायक बसपार्कको शौचालय नजिकै सनिबार राति बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend