एकैदिन ७०.१८ अंकले बढ्यो सेयर बजार

एकैदिन ७०.१८ अंकले बढ्यो सेयर बजार

images
मंगलवार, श्रावण १ २०८१
  • नयाँ सरकार गठन भएको भोलिपल्ट सेयर बजार परिसूचक ७०.१८ अंकले बढेर २३१० अंकमा कायम भएको छ।  मंगलबार कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ जुन अघिल्लो दिनको तुलनामा ४० करोडले बढी हो।

    अधिकांश कम्पनीको सेयर मूल्य मंगलबार बढेको छ। कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घटेको हो।

    हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्दा बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढोत्तरी भएको छ।

    ऋणपत्रहरुको मूल्य भने मंगलबार घटेको छ। एनआईबीएलडी २०८२, एलबीबीएलडी ८९, आईसीएफसीडी ८३, पीबीडी ८८ को मूल्य ९ देखि १० प्रतिशतसम्म घटेको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend