'यो सरकारले सिंगो देशकै आशा जगाएको छ'

'यो सरकारले सिंगो देशकै आशा जगाएको छ'

images
मंगलवार, श्रावण १ २०८१
  • प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन्। 

    भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन्। 

    मंगलबार बालुवाटारस्थित सरकारी निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले कठिनाइमा परेका जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने उल्लेख गर्दै आश्वस्त हुन पनि सबैलाई आग्रह गरे।

    ‘सरकारले सुशासन र विकासको सन्दर्भमा, भ्रष्टाचार नियन्त्रण र उन्मुलनको सन्दर्भमा, विकासको कामलाई अगाडि बढाउने सन्दर्भमा र जनतालाई अप्ठ्यारो परेको बेला कठिनाइमा भएका जनतालाई हेर्ने कुरामा। यो तीन वटै पक्षमा सामाजिक क्षेत्र, विकासको क्षेत्र र साशन प्रशासनको क्षेत्र सबैतिर सकारात्मक देखिने गरी परिणाम आउने गरी काम गर्छ भन्ने कुरा विश्वस्त रहन म साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ ओलीले भने। 

    साथै, प्रधानमन्त्री ओलीलेसरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि बताए।


    ‘सरकार समयसमयमा परिवर्तन भइरहन्छ। तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ। र, सिंगै देशलाई पनि जगाएको छ। म यति भन्न चाहन्छु–नेपाली जनतामा जुन विश्वास जागेको छ। आशा, भरोसा जागेको छ, सुशासनका लागि, विकासका लागि र जनताले पाउनुपर्ने सेवा, सुविधा सहज ढंगले पाओस्,’ ओलीले भने।

    नयाँ सरकार आएपछि सिंगै देशमा आशा/भरोसा जगाएको र त्यसलाई कायम हुनेगरी सरकारले पहिलो क्याबिनेटबाट नै आफ्नो कामलाई अघि बढाएको दाबी गरे।

    ‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुनका लागि होइन। प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ। र मैले आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषदलाई ठिक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति अलपत्र बालबालिकाका निम्ति होस्, अपांगता भएका व्यक्तिहरूका निम्ति होस् अथवा बेसहारा ज्येष्ठ नागरिकका निम्ति होस्,’ प्रधानमन्त्री ओलीले भनेका छन्। 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend