काठमाडौंको बौद्धबाट ६ किलो सुनसहित एक जना पक्राउ

काठमाडौंको बौद्धबाट ६ किलो सुनसहित एक जना पक्राउ

images
सोमवार, आषाढ ४ २०८१
  • काठमाडौँको बौद्ध क्षेत्रबाट ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन्। 

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार राती बौद्धस्थित तीनचुली क्षेत्रबाट एकजनालाई पक्राउ गरेको हो। 

    सीआईबी प्रवक्तासमेत रहेका एसपी होबिन्द्र बोगटीका अनुसार चिनियाँ मूलका जस्ता देखिने ती व्यक्तिको साथबाट सोनाम गुरुङ नामको एउटा नागरिकता पनि फेला परेको छ। 

    उक्त नागरिकता नक्कली भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। अहिले सो सुनको तौल लिने काम भइरहेको छ। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend