पाल्पामा १६ वर्षीया किशोरी बलात्कृत, ३६ वर्षीय पुरुष पक्राउ

पाल्पामा १६ वर्षीया किशोरी बलात्कृत, ३६ वर्षीय पुरुष पक्राउ

images
मंगलवार, जेठ २९ २०८१
  • पाल्पामा १६ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। 

    रिब्दीकोट गाउँपालिका-५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभौया पक्राउ परेका हुन्। 

    उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको हो। 

    पचभौयाविरूद्ध शनिबार दिउँसो किशोरीलाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend