बलात्कार मुद्दामा पूर्वन्यायाधीश भुवन गिरी दोषी ठहर

बलात्कार मुद्दामा पूर्वन्यायाधीश भुवन गिरी दोषी ठहर

images
मंगलवार, जेठ २९ २०८१
  • काठमाडौं जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको छ। 

    न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो । 

    जिल्लाले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ। जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् ।

    जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो । 

    उनी सर्वोच्च अदालतको आदेशले यसअघि नै थुनामा रहेका छन् ।सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो । 

    जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन् ।  

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend