प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा, शपथपछि मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा, शपथपछि मोदीसँग भेटवार्ता हुने

images
आइतवार, जेठ २७ २०८१
  • काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु आइतबार दिउँसो नयाँदिल्ली आइपुगेका छन् ।

    प्रधानमन्त्री 'प्रचण्ड'लाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् । नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिँदैछन् ।

    प्रधानमन्त्रीको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्सालसहित ७ जना छन् । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किनेछन् ।

    भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मूर्मूसँग ‌शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend