१९ महिनापछि टी-२० विश्वकपमा भारत र पाकिस्तान आमनेसामने

१९ महिनापछि टी-२० विश्वकपमा भारत र पाकिस्तान आमनेसामने

images
आइतवार, जेठ २७ २०८१
  • आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीच न्युयोर्कको नासाउ काउन्टी इन्टरनेसनल स्टेडियममा आइतबार राति हुने खेललाई समर्थकहरू उत्सुकतापूर्वक पर्खिरहेका छन्। 

    दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। भारतले आफ्नो अन्तिम खेलमा आयरल्यान्डलाई जितेको थियो भने पाकिस्तानले अमेरिकासँग सुपर ओभरमा पाँच रनको अपसेटको सामना गर्नुपरेको थियो। भारत यसैको फाइदा उठाउन चाहन्छ।

    भारत र पाकिस्तान ५९६ दिनपछि ट्वान्टी–२० ढाँचामा आमनेसामने हुँदैछन्। यस ढाँचामा दुवै टोली अन्तिम पटक २३ अक्टोबर २०२२ मा भिडेका थिए। सन् २०२२ को ट्वान्टी–२० विश्वकपअन्तर्गत मेलबर्नमा भएको यो खेलमा भारत चार विकेटले विजयी भएको थियो। तर, यसपछि २०२३ मा दुई टोलीबीच तीनवटा खेल भए पनि तीनवटै एकदिवसीय ढाँचाका थिए।

    एसिया कप २०२३ मा दुई पटक भारत र पाकिस्तानको टोली आमनेसामने भएका थिए। यस्तै, एक पटक एकदिवसीय विश्वकपमा यी दुई टोली भिडेका थिए। एसिया कपमा भारतले दुई खेलमा जित हात पारेको थियो भने एक खेल अनिर्णित रह्यो।

    ट्वान्टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध भारतको उत्कृष्ट कीर्तिमान छ। सन् २००७ यता दुवै टोली यस प्रतियोगितामा सात पटक आमनेसामने भएका छन्। जसमध्ये भारतले ६ पटक र पाकिस्तानले एक पटक जितेको छ। 

    योसँगै दुई टोलीबीच समग्र ट्वान्टी–२० मा १२ खेल भएका छन्। भारतले आठ पटक र पाकिस्तानले तीन पटक जितेको छ। २००७ मा एक खेल टाई भएको थियो, जुन भारतले बाउल आउटमा जित्यो। अर्थात् भारतले १२ मध्ये नौ खेल जितेको छ। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend