टी-२० विश्वकपमा भारत र पाकिस्तान : कुन टोली बलियो ?

टी-२० विश्वकपमा भारत र पाकिस्तान : कुन टोली बलियो ?

images
आइतवार, जेठ २० २०८१
  • आईसीसी टी–२० विश्वकप २०२४ सुरु भइसकेको छ । आयोजक अमेरिका र क्यानडाबीचको खेलबाट क्रिकेटको महाकुम्भ सुरु भएको छ ।

    टी–२० विश्वकपको यो ९औं संस्करण हो र यस पटक अधिकतम २० टोलीले भाग लिइरहेका छन् । सबै टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

    समूह ए मा एकअर्काका चरप्रतिद्धन्द्धी भारत र पाकिस्तान छन् । यो समूहमा क्यानडा, आयरल्याण्ड र अमेरिका पनि छन् । यो समूहका बलियो टोली भारत र पाकिस्तान नै हुन् ।

    birat.webp
    undefined

    यी दुई टोलीबीचको खेल जुन ९ मा हुनेछ, जसमा सारा विश्वको नजर रहनेछ । टी–२० विश्वकपमा भारत–पाकिस्तानबीचको खेल कस्तो रह्यो र कनु टोली हावी रह्यो थाहा पाऔं-

    टी–२० विश्वकपमा भारत र पाकिस्तान

    आईसीसी टी–२० विश्वकपमा भारत र पाकिस्तान कुल ७ पटक आमनेसामने भएका छन् ।

    सन् २००७ देखि २०२२ सम्मको तथ्याङ्कको बारेमा कुरा गर्दा यस अवधिमा टी-२० विश्वकपमा टीम इन्डिया अगाडि रहेको छ । भारतीय टोलीले ७ मध्ये ६ खेल जितेको छ । पाकिस्तानी टोलीले एक खेलमा मात्रै जित हात पारेको छ ।

    दुई टोलीबीचको एउटा खेल बराबरीमा टुंगिएको थियो तर, त्यो खेलमा पनि बलआउटले गर्दा भारतले नै जित हात पारेको थियो ।

    यसअघि भारत र पाकिस्तानका टोली पनि टी–२० विश्वकपको फाइनलमा पुगेका थिए । फाइनलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको भारतले पाकिस्तानलाई ५ रनले पराजित गर्दै उपाधि कब्जा गरेको थियो ।

    अहिलेसम्मको नतिजा

    • सन् २००७ को विश्वकपको पहिलो खेल टाई,
    • सन् २००७ को फाइनलमा भारत ५ रनले विजयी,
    • सन् २०१२ को विश्वकपमा भारत ८ विकेटले विजयी,
    • सन् २०१४ मा भारत ७ विकेटले विजयी,
    • सन् २०१६ मा भारत ६ विकेटले विजयी,
    • सन् २०२१ मा पाकिस्तान १० विकेटले विजयी,
    • सन् २०२२ को विश्वकपमा भारत ४ विकेटले विजयी ।

    पाकिस्तानी टोली-

    बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, हरिस रउफ, इफ्तिखार अहमद, इमाद वासिम, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद आमिर, मोहम्मद रिजवान नसीम शाह, साइम अयुब, शादाब खान, शाहीन शाह अफ्रिदी, उस्मान खान ।

    भारतीय टोली-

    रोहित शर्मा (कप्तान), ऋषभ पन्त (विकेटकिपर), सञ्जु सैमसन, शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज । सिराज । रिजर्भ खेलाडी- शुभमन गिल, रिंकु सिंह, खलिल अहमद, आवेश खान ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend