ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश

images
आइतवार, जेठ २० २०८१
  • सर्वोच्च अदालतले नियम उल्लङ्घन गर्ने सवारी चालकलाई सडकमा नखटाउन अन्तरिम आदेश दिएको छ ।

    यसअघि गत जेठ १५ गते गृहमन्त्री रवि लामिछानेले सवारी नियम उल्लङ्घन गर्ने चालकलाई एक घण्टा सडकमा उभ्याउन निर्देशन दिएका थिए ।


    तर, आइतबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गृहमन्त्री लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।


    गृहमन्त्री लामिछानेको निर्देशनको आलोचना भएको थियो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend