नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा दानबहादुर कार्की नियुक्त

images
आइतवार, जेठ २० २०८१
  • नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन् ।

    नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कार्कीलाई सो जिम्मेवारी प्रदान गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरी नायब महानिरीक्षक कार्कीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।

    प्रहरी नायब महानिरीक्षक कार्कीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत रहँदा समेत नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सम्हालेका थिए । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend