राप्रपा सांसद गीता बस्नेत विरुद्ध मुद्दा दर्ता, सहकारीको ९६ करोड रिसोर्टमा लगानी गरेको आरोप

राप्रपा सांसद गीता बस्नेत विरुद्ध मुद्दा दर्ता, सहकारीको ९६ करोड रिसोर्टमा लगानी गरेको आरोप

images
आइतवार, जेठ २० २०८१
  • काठमाडौं । पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सांसद् गीता बस्नेत सहित २५ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पेश गरेको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

    संस्थाको पदाधिकारी नरहे पनि बचतकर्ताको रकम अनियमित रुपमा ढकाल सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी भएको देखिएपछि प्रहरीले प्रतिवादी बनाउन राय दिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बस्नेत उनका ज्वाइँ नगेन्द्र रिमाल पक्राउ परेलगत्तै फरार भएकी थिइन् ।

    रिमाल सहकारीमा सचिव थिए । प्रहरी अनुसन्धानका क्रममा ज्वाइँ सचिव भएको सहकारीबाट विभिन्न समयमा रकम प्रवाह भएको देखिएको एसपी नरहरि रेग्मी बताउँछन् ।

    बस्नेतले ज्वाइँ नगेन्द्र, तत्कालीन अध्यक्ष योगेन्द्र पाण्डे, पदाधिकारीहरु सञ्जिवकुमार महतो र साथीहरुसँग मिलेर सहकारीको सम्पत्ति व्यक्तिगत कारोबारमा प्रयोग गरेको भनिएको छ । रिसोर्टमा मात्र सहकारीको ९६ करोड हिनामिना गरेको आरोप छ ।

    सहकारी रजिष्टारको कार्यालय, गण्डकीले गरेको छानबिनपछि पेश प्रतिवेदनका आधारमा प्रहरीले यो सहकारीमाथि अनुसन्धान थालेको थियो ।

    वित्तीय विश्लेषक निर्मल गौतमको नेतृत्वमा भएको छानबिनको प्रतिवेदनमा पदाधिकारीले ‘एड्जस्टमेन्ट एकाउन्ट’ नामको काल्पनिक बचत खाता खोलेर रकम हिनामिना गरेको निष्कर्ष निकालेको थियो । पछि विभिन्न समयमा गरेर ३६६ जना पीडितले समेत प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend