विश्वकपका लागि एकदमै उत्साहित छौं र बेस्ट क्रिकेट खेल्नेछौं : रोहित पौडेल

विश्वकपका लागि एकदमै उत्साहित छौं र बेस्ट क्रिकेट खेल्नेछौं : रोहित पौडेल

images
शनिवार, जेठ १९ २०८१
  • डालास  (अमेरिका) ।  नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न निकै उत्साहित रहेको र  उत्कृष्ट क्रिकेट खेलेर  गर्व महसुस गराउने विश्वास व्यक्त गरेका छन् ।

    शुक्रबार डालासस्थित ग्राण्ड प्रेरी रंगशालामा अभ्यासका क्रममा कप्तान रोहित पौडेलले विश्वकप खेल्न एकदमै उत्साहित भएको बताए । ‘विश्वकपको लागि एकदमै उत्साहित छु । झण्डै एक महिनादेखि हामी देश बाहिर छौं । विश्वकप नजिक आएसँगै त्यो उत्साहित स्तर झनै बढ्दै गएको छ’, रोहितले भने ।

    २० टोली सहभागी टी-२० विश्वकप आइतबारदेखि अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । पत्रकारलाई प्रतिक्रिया दिदै उनले टिममा आत्मविश्वास बढेको र एक महिनाभन्दा बढीको तयारीले विश्वकप खेल्न टिम तयार भैसकेको उनले बताए ।

    ‘अमेरिकामा आएपछि धेरै समर्थकहरुसँग कुरा गरें । हामीभन्दा बढी तयार समर्थकहरु छन् । मंगलबार नेदरल्यान्ड्सविरुद्ध धेरै साथ दिने समर्थकले बताउँदा एकदमै खुसी लागेको थियो । नेपालमा त झन् हामीभन्दा तीन गुणा बढी तयार छन्’, रोहितले भने, ‘हामी आफ्नो उहाँहरुलाई उत्कृष्ट क्रिकेट खेलेर गर्व अनुभव हुने प्रयास गछौं । टिम विश्वकपको लागि तयार छ ।’

    team_nepal_1.jpg

    नेपालको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेदरल्यान्ड्स बाहेक अन्य तीन टेस्ट टोली हुन् । नेपालको समूहमा कठिन प्रतिस्पर्धी छन् । तर टी ट्वेन्टीमा जे जसको पक्षमा पनि परिणाम आउन सक्ने उनी बताउँछन् । त्यो नेपालको हकमा पनि रहेको रोहित बताउँछन् ।

    ‘विश्वकप सहज होइन । यहाँ कुनै पनि कमजोर टोली आउँदैन । विश्वलाई हाम्रो क्षमता देखाउन सक्ने अवसर पनि  हो । टी-२० क्रिकेट त्यो दिनमा भरपर्छ ।' रोहितले भने, दुई वा तीन जना खेलाडी चलेका कुनै पनि टोलीलाई हराउन सकिन्छ । त्यसको उदाहरणहरु धेरै छन् । अब हामी उदारण दिनुपर्छ जस्तो लाग्छ ।’ 


    नेपालले वेष्टइण्डिजमा गएर विनवाड्र्स भोलक्यानोजसँग तीन टी- २० अभ्यास र त्यसपछि ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेलेको थियो । आईसीसी टी -२० विश्वकप वार्मअपमा क्यानडासँग नेपाल ग्राण्ड प्रेरी रंगशालामा ६३ रनले पराजित भएको थियो । अमेरिकासँगको दोस्रो वार्मअप खेल वर्षाको कारण हुन सकेको थिएन । विश्वकप अघि ६ अभ्यास खेलले कन्डिसन बुझ्न सहयोग मिलेको रोहित बताउँछन् । 'सेन्टभिन्सेटमा गएर अभ्यास गर्नु निकै फलदायी भयो, यहाँ पनि एउटा मात्रै खेले भयो तर विकेट  र कन्डिसन बुझ्न पायौं । ' रोहित भन्छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend